कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
२०७९ असोज २३, ०९:००
धनगढी: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका-१ फटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सर्भिस तारसँगै आएको जिआइ तारमा छोइँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस