सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय निर्धारण

२०७९ असोज २१, ०६:०३ खबर संवाददाता

धनगढी: कैलालीमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ। उम्मेदवारी दर्ताका समायमा भिडभाड तथा सम्भावित विवाद हुन नदिन सर्वदलीय राजनीतिक छलफलबाट दर्ताको तालिका र आचार संहिता बनाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान १० बजेदेखि ११ बजेसम्म, लोसपाले बिहान ११ देखि १२ बजेसम्म, नेकपा एमालेले दिउँसो १ बजेदेखि २ बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दिउँसो २ देखि ३ बजेसम्म, नेपाल लोकतान्त्रिक पार्टीले ३ देखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ।

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारले साँझ ४ देखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ। निर्वाचन आयोगले आईतबार मनोनयन दर्ता गर्न आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस