सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक महिलालाई खोलाले बगायो

२०७९ असोज २१, ०५:३१ खबर संवाददाता

धनगढी: अछाममा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छिन्। प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका-९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाको वडा नम्बर ११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन्।

उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। अहिले प्रहरी र स्थानीयले कैलाशखोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर खोजी कार्य गरिरहेको छ।

कमेन्ट लोड गर्नुस