सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एक सय ५१ ओटा वडाहरुबाट स्वास्थ्य सेवा सुरु गर्ने तयारी

२०७५ फाल्गुन २८, १०:३९ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशमा नयाँ बन्ने १ सय ५१ ओटा स्वास्थ्य चौकीहरु स्थापना गरेर वडास्तरबाट सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। एक वडा एक स्वास्थ्य चौकी निर्माण कार्यक्रमको जिम्मा स्थानीय तहहरुलाई दिएसंगै वडामा स्वास्थ्य सेवा सुरु गर्ने भन्दै वजेट पठाएर सेवा सुरु गर्ने कार्य अन्तिम चरणमा पुगेको हो। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका भवन निर्माण संगै सेवा समेत सुरु गर्नको लागि स्थानीय तहमा वजेट समेत पठाई सकेको जनाएको छ। भएकै स्वास्थ्य संस्था प्रभवकारी रुपमा संचालन नभएको अवस्थामा थप सेवा संचालनको लागि वजेट पठाएपछि पनि प्रभावकारी हुदैन की भन्ने आशंका उव्जिन थालेको छ। तर सेवा सुरु गर्नको लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ करोड ५५ लाख रकम वजेट विनियोजन गरेर पठाएको हो। चालु आर्थिक वर्षका ४ महिना चैत्र देखी असारसम्मको लागि प्रत्येक केन्द अथवा स्वास्थ्य चौकीलाई ५ लाख दिने व्यवस्था गरेको छ। स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय भएको ढाई महिनाभन्दा बढी हुँदा पनि कार्यान्वयनको चरणमा लैजान ढिलाई भईरहेको वेला सेवा सुचारु प्रभावकारी हुदैन की भन्ने आशंका गरिन थालिएको छ। 

सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहहरु मध्ये १ उप–महानगरपालिका, ३३ नगरपालिका र ५४ ओटा गाउपालिका रहेकोमा ७ सय ३३ ओटा वडा कार्यालयहरु रहेका छन। जम्मा वडा कार्यालय ७ सय ३३ मध्ये ३ सय १९ वडा कार्यालय स्वास्थ्य चौकी स्थापना हुन सकेको छैन भने ४ सय १४ वडा कार्यालयमा स्वास्थ्य चौकी रहेका छन। स्वास्थ्य चौकी विहीन ३ सय १९ वडा कार्यालय मध्य १ सय ५१ ओटा स्वास्थ्य चौकी पहिलो चरणमा निर्माण हुने भएका छन भने निर्माणको काम निर्णय भएको ढाई महिनाभन्दा बढी हँुदा पनि सुरु हुन सकेको छैन। सुदुरपश्चिमा मात्र नयाँ स्वस्थ्य चौकी निर्माण गर्नको लागि ६५ करोड ८२ लाख ५६ हजार ५ सय १० बजेट विनियोजन गरेको छ भने अपुग भएको बजेट सम्बन्धित स्थानीय तहले व्यहोर्ने  संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य चौकीको भवन निर्माणसंगै सेवा समेत सुरु गर्नको लागि सुदूरपश्चिममा मात्रा ४ सय ५३ जना नयाँ कर्मचारी आवश्यक हुने भएका छन। एक जना कार्यालय सहयोगी सहित अन्य दुई जना कर्मचारी गरि प्रत्यक केन्द्रमा ३ जना आवश्यक रहेको जनाईएको छ। स्वास्थ्य संस्थामा आवश्यक पर्ने औषधी, उपकरण, कर्मचारीको तलव लगायत अन्य खर्चको लागि सुदूरपश्चिममा मात्र ४ महिनाको अवधिमा ७ करोड ५५ लाख रकम खर्च हुने भएको हो। आवश्यक पर्ने तीन जना कर्मचारी स्वयम् स्थानीय तहहरुले नै राख्न पाउने व्यवस्था मिलाईएको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय योजना शाखाका उप–सचिव भक्तराज जोशीले बताए। एक वडा एक स्वास्थ्य चौकी निर्माण कार्यक्रमको जिम्मा तथा कर्मचारी भर्नाको जिम्मा स्थानीय तहहरुलाई दिएपनि पुर्ण रुपमा वजेट खर्च हुन्छ की हुदैन ? भवन निर्माणको रकम अन्यमा खर्च हुन्छ की राजनितिक नियुक्ती हुन्छ की भन्ने लगायतका अन्य प्रश्नहरु समेत उब्जिन लागेका छन। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस