सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकी एक महिला आठ दिनदेखि बेपत्ता

२०७९ असोज २१, ०९:१० खबर संवाददाता

धनगढीः डोटीकी एक महिला आठ दिनदेखि बेपत्ता भएकी छिन्। जिल्लाको केआइसिंह गाउँपालिका वडा नम्बर ३ दल्लकी २४ वर्षीया रम्भादेखि ऐर बेपत्ता भएकी हुन्। 

विजया दशमीको ५ दिन अगाडि घरबाट स्थानीय बजारमा जान्छु भनेर हिडेकी रम्भा सोही दिनदेखि सम्पर्कमा नआएको उनका छिमेकी तारा ऐरले बताए। उनी बेपत्ता भएपछि खोजीकार्यका लागि आग्रह गरिएको छ। रम्भाका एक ६ वर्षीय छोरा र तीन वषीया छोरी छन्। अहिले उनीहरु बिचल्लीमा परेका छन्।

उनको खोजी कार्यका लागि प्रहरी खटिएको छ। यस्तै उनका आफन्तले उनलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकी तथा ९८६५९५२८१४ नम्बरमा फोन गर्न आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस