सुदूर नेपाललाई विश्वसँग जोड्दै

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

२०७९ असोज २१, ०८:५१ खबर संवाददाता

काठमाडौंः मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ। पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो।

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन्। २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो। कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको गीत पनि चर्चित थियो।

उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए। उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ। चलचित्र निर्देशक दयाराम दाहालको शब्द र संगीतमा उनले ‘बिर्सन खोज्छु तिमीलाई’बोलको गीत पनि रेकर्ड गराएका थिए।

कमेन्ट लोड गर्नुस