सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किए, एक युवकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २०, ०९:३७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किएका छन्। बिहीबार जिल्लाको भीमदत्त नगरपालिका-४ चम्मनचोक अगाडि पूर्व-पश्चिम राजमार्गमा सुपप्र ०२-००१ ख ११६१ नम्बरको बस र म १ प ६२७२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त-८ तिलाचौरका २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको महाकाली अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार बसपार्कबाट गाडीमा तेल हाल्नका लागि हाइवे निस्कने क्रममा बजारबाट गड्डाचौकीतर्फ गइरहेको सो मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको थियो।

बस चालक शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ३६ वर्षीय रघुनाथ अवस्थीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस