सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

२०७९ असोज २०, ०८:१४ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिकाको अमरबस्ती, धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो। 

राति करीब ११ बजे भएको दुर्घटनामा चालक पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल राना र पछाडि सवार धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय महेश रानाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

गम्भीर घाइते भएका दुबैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस