कैलालीमा अधिकासं स्थानीय तह गुरुयोजना बिहिन
कैलालीका अधिकासं स्थानीय तहले डेढ बर्ष सम्म पनि गुरुयोजना बनाउन सकेका छैनन्। धनगढी उप–महानगरपालिका सहित कैलालीका तीन स्थानीय तहले मात्र गुरुयोजना निर्माण गरिरहेपनि बाँकी १० वटा स्थानीय तहले भने गुरुयोजना बनाउने प्रक्रिया पनि अगाडी बढाउन नसकेका हुन्। धनगढी उप–महानगरपालिकाका चार गुरु योजना निर्माण गरेपनि सबे गुरुयोजना भने बनाउँन सकेको छैन्। बेहडाबाबा धार्मिक तथा पर्यटकिय क्षेत्र, मोहना घाट विकास आयोजना, फुलबारी चिल्ड्रेन पार्क र नेतुवा तालको गुरुयोजनाको काम सकिएको उप–महानगरपालिकाले जनाएको छ। धनगढी उप–महानगरपालिकाले धनगढी कृषि हाटबजार, कार्यालय क्षेत्र, शिवपुरी धाम, राना थारु संग्रालय, तौलाश ताल क्षेत्र र जाखोर तालको गुरु योजना निर्माणको चरणमा रहेको छ। धनगढी उप–महानगरपालिका बाहेक टिकापुर र घोडाघोडी नगरपालिकाका गुरु योजना निर्माणको कार्य जारी रहेको छ। घोडाघोडी नगरपालिका २५ लाखको घोडाघोडी ताल पर्यटन क्षेत्रको गुरु योजना निर्माणको चरणमा रहेको घोडाघोडी नगरपालिकाका प्रवक्ता मनराज शाहीले बताए।
टिकापुर नगरपालिकामा सात बढि गुरु योजनाहरु निर्माणको चरणमा रहेका छन्। टिकापुर नगरपालिकाको अन्तिम गुरु योजना भने निर्माण भएको छैन्। तर टिकापुर पार्क र बाहिरि चत्रपथ निर्माणको गुरु योजना निर्माणको प्रक्रिया अन्तीम चरणमा पुगेको दावी गरिएको छ। ८० लाखको बाहिरि चत्रपथ र १७ लाखको टिकापुर पार्कको गुरु योजनाको काम अन्तिम चरणमा रहेको हो। टिकापुर नगरपालिकामा ३ करोडको आर्यघाट, ७५ लाखको टिकापुर पार्क प्रदेशद्धार र ३० लाखको फोहोर मैला व्यवस्थापन केन्द्रको गुरु योजनाको निर्माणको चरणमा रहेको छ। ५ करोडको टिकापुर बसपार्क र एक किलोमिटर मुख्य बजार क्षेत्रमा ६ लेन सडक निर्माणका लागि पनि प्रकृया सुरु भएको टिकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले बताए।
१३ स्थानीय तह रहेको कैलालीका अन्य स्थानीय तहले भने गुरु योजना निर्माण गरेका छैनन्।