सुदूर नेपाललाई विश्वसँग जोड्दै

अरुणाचलमा भारतीय सेनाको चिता हेलिकप्टर दुर्घटना, एक पाइलटको मृत्यु

२०७९ असोज १९, ०३:४४

एजेन्सी: भारतीय सेनाले आफ्नो एउटा चित्ता हेलिकप्टर अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ। पीआरओ डिफेन्स तेजपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना बिहान १० बजे भएको र हेलिकप्टर नियमित निरीक्षणमा रहेको बताएको छ।

दुर्घटनापछि दुवै पाइलटलाई सेनाको अस्पताल लगिएको थियो तर एकजना पाइलटको मृत्यु भएको थियो। दोस्रो पाइलटको उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको सेनाले जनाएको ।

कमेन्ट लोड गर्नुस