कञ्चनपुरमा रुखबाट लडेर एक युवकको मृत्यु
२०७९ असोज १८, ०७:४३
धनगढी: कञ्चनपुरमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार जिल्लाको बेलौरी नगरपालिका-४ शान्तिपुरमा रुखको स्याउला काट्ने क्रममा लडेर सोही ठाउँका २४ वर्षीय महेश रानाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मृतक राना छिमेकीको घरमा स्याउला काट्ने क्रममा रुखको हाँगा भाँचिएर लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
कमेन्ट लोड गर्नुस