बझाङ कारागारका कैदीबन्दीलाई एमालेका युवा नेता महरको खसी उपहार
धनगढीः बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले दसैं मनाउन खसी दिएका छन्। मंगलबार महरले उनीहरुलाई खसी प्रदान गरेको बताए।
महरले पत्रकार र प्रहरीको उपस्थितिमा बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरेका थिए। महरले कैदीबन्दीलाई दसैंको शुभकामना पनि दिएका छन्।
यस्तै कैदीहरूले महरसँग कारागारको क्षमता भन्दा बढी भएर समस्यामा बस्नु परेको गुनासो राखेका थिए। २५ जनाको क्षमता रहेको जिल्ला कारागार बझाङमा हाल ७२जना कैदी रहेका छन्। महरले उक्त समस्या समाधानका लागि पहल गर्ने जनाएका छन्। यसअघि पनि पुस मसान्तमा उनले कैदीलाई खसी उपहार दिएका थिए।