सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बिहानै एक युवक मृत भेटिए

२०७९ असोज १८, ११:२१ खबर संवाददाता

धनगढी: बझाङमा एक युवक मृत भेटिएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा युवक मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै रताली टोलमा ४६ वर्षका प्रकाश जोशी ( अम्मराज जोशी) मृत भेटिएका थिए।

बिहान करिब  ८ बजेतिर स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस