फुटबल स्टेडियममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो
एजेन्सी: इन्डोनेसियामा शनिबार एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। घाइतेको संख्या पनि व्यापक छ।
यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ। हिंसा त्यतिबेला भड्कियो जब म्याच हार्ने समूहका प्रशंसक भड्किए र मैदानमा आए। इस्ट जाभा प्रान्तमा अरेमा एफसी र पर्सेबाया सुरबायाबीच खेल चलिरहेको थियो। अरेमा एफसीलाई २–३ ले हारिरहेको देखेपछि यसका प्रशंसक मैदानमा छिर्न थाले।
समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिस फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए।