सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव

२०७९ असोज १५, १०:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु भएको पूजा महोत्सव विजया दशमीको दिनसम्म हुने जनाइएको छ। यहाँको मौलिक तथा लोक पञ्चेबाजासहित कलशयात्रा गरी नवदुर्गा माताको मूर्ति स्थापना गरिएको हो। पूजा महोत्सवमा दिनभर प्रवचनसहित हवन, भजन कृतनका कार्यक्रमहरु गरिएका छन्। प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म पूजापाठ, दर्शन, हवन, भजनकृतन, प्रवचन र प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ। 

महेन्द्र कुँवर फाउण्डेशन अछामको आयोजनामा बैद्यनाथ धाममा नौरथा पूजा महोत्सवको गरिएको फाउण्डेशनका महासचिव तथा बरिष्ठ देउडा गायक तथा प्राज्ञ यज्ञराज उपाध्यायले जानकारी दिए। पूजा महोत्सवको विशेष उद्देश्य अहिलेका युवाहरुले हाम्रो परम्परागत कला संस्कृतिलाई बिर्सदै गएकाले यसप्रति जानकार बनाउन र पवित्रस्थल बैद्यनाथ मन्दिरको प्रचारप्रसारका लागि पनि नौरथा पूजाको आयोजना गरिएको उनले बताए। 
 
पूजा महोत्सबमा विजया दशमीको दिन बिहान ७ बजे पूजा अनुष्ठान गरी दिउँसो १ बजे पञ्चेबाजा र साँस्कृतिक झाँकीसहित सोभा यात्रा गरी नवदुर्गा माताको मूर्ति बुढीगंगा नदीमा विसर्जन गरिने आयोजक समितिले जनाएको छ ।


 

कमेन्ट लोड गर्नुस