सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कैदीबन्दीलाई खसी उपहार

२०७९ असोज १५, ०७:३१ खबर संवाददाता

बाजुराः बाजुरामा कैदीबन्दीलाई खसी उपहार दिइएको छ। जिल्लाको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले जिल्ला कारागारमा रहेका कैदीहरुलाई खसी उपहार दिएका हुन्। 

कैदीहरुलाई दसैं मनाउन उपहारस्वरुप खसी सहयोग गरिएको बताइएको छ। कारागारमा २० हजार बराबरको खसी र खेलकुदका सामाग्री पनि सहयोग गरिएको थियो। 

हाल कारागारमा ५६ जना कैदीबन्दी रहेका छन्।


 

कमेन्ट लोड गर्नुस