सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा घरको आगनबाट लडेर एक जना बिते 

२०७९ असोज १४, ०९:४५ खबर संवाददाता

बझाङः बझाङमा लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय वृद्धको लडेर घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीका अनुसार कोइराली खेत घर भएका रामलाल दमाईको बिहीबार आफ्नै घरको आगनबाट लडेर ज्यान गएको हो। जयपृथ्वी राजमार्ग नजिकै घरको आगनबाट लडेर सडकमा परेका उनको त्यहीँ ज्यान गएको बताइएको छ। 

मृतकको शव अहिले जिल्ला अस्पताल बझाङमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस