सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझाले त्याग्यो संघीयता खारेजीको एजेण्डा

२०७९ असोज १४, ०९:३० खबर संवाददाता

काठमाडौंः विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ। शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

१३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए। त्यो प्रस्तावमा संघीयता खारेज, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख थियो। सुरुमा मिश्रले बहसका लागि भन्दा यो प्रस्ताव ल्याएका थिए। तर मिलन पाण्डे पक्षले विरोध गरेपछि पार्टीमा बहुमतका आधारमा यसलाई अनुमोदन गराइएको थियो। मिश्र राप्रपातिर लागेपछि विवेकशील साझाले भने मार्ग परिर्वतनको प्रस्ताव नै खारेज गरेको छ।

यससँगै मिलन पाण्डेसहित पार्टी बाहिर रहेको समूहसँग एकता गर्ने बाटो खुलेको एक नेताले बताए। यसका लागि बिहीबारदेखि नै छलफल सुरु भएको उनले सुनाए।

कमेन्ट लोड गर्नुस