सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामग्री वितरण

२०७९ असोज १४, ०९:१२ खबर संवाददाता

धनगढीः प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बझाङको जयपृथ्वी नगरपालिका ३ पडेसस्थित पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। बिहीबार प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्राज्ञिक दिनेश कार्कीले भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गरिएको बताए।  विद्यार्थीहरूलाई झोला ,टोपि, अङ्ग्रेजी व्याकरण, जेमेट्रि बक्स, नेपाली शब्दकोष र नेपाली बृहत शब्दकोष वितरण गरिएको थियो। 

कमेन्ट लोड गर्नुस