सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारागारमा माधव र रेशम चौधरीबीच भेटघाट, दिए यस्तो आश्वासन 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज १४, ०७:०० खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन्। शुक्रबार अपरान्ह अध्यक्ष नेपाल र चौधरीबीच भेटघाट भएको हो।

भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ। अध्यक्ष नेपालले चौधरीलाई भने, ‘तपाईँ राजबन्दी हो, तपाईँमाथि अन्याय भएको छ, यो विषयमा म प्रधानमन्त्रीसँग कुराकानी गर्छु।’ चौधरी चार वर्षदेखि डिल्लीबजार कारागारमा बन्दी छन्।   

कमेन्ट लोड गर्नुस