सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको स्वास्थ्य परीक्षण गरिँदै 

२०७९ असोज १४, ०५:०९ खबर संवाददाता

धनगढी: बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ। दसैँ नजिकिएसँगै भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या पनि बढ्दै गएको छ।

अहिले सीमा नाकाबाट दैनिक ५० देखि ६० जनासम्म स्वदेश फर्किरहेका सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ। रोजगारीका लागि भारत पसेका नेपाली अहिले दसैँ मनाउन घर फर्किरहेका हुन्। झुलाघाट नाकाबाट दसैँ मान्न घर फर्कने सबैको सीमानाकामा रहेको हेल्थडेस्कमा कोरोना, डेंगु, मलेरिया र एचआइभी समेत परीक्षण भइरहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस