सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भत्ता वितरणका लागि एनआईसी एशिया बैंकको शिविर

२०७९ असोज १३, ०९:१७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा भत्ता वितरणका लागि एनआईसी एशिया बैंकको शिविर थालेको छ। जिल्लास्थित वेदकोट नगरपालिकाको समन्वयमा एनआईसी एशिया बैंक वेदकोट शाखाले शिविर थालेको हो।

बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिरहेको छ। बैंकको शिविरपछि स्थानीयहरु खुसी भएका छन्। वडामै शिविरबाट भत्ता वितरण भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले बताएका छन्।

वेदकोट नगरपालिकाका सबै वडाहरुमा यसरी नै भत्ता वितरण भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस