सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका पहिरो पीडितलाई आर्थिक सहयोग

२०७९ असोज १३, ०७:५६ खबर संवाददाता

धनगढी: अछाममा अविरल वर्षासँगैको बाढीपहिरो क्षति व्यहोरेका पीडितलाई १० हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरिएको छ। बास नेपाल धनगढी उपशाखाद्वारा संकलन गरेको सोही रकम बुधबार बास सुदूरपश्चिम संयोजक पाण्डव पुजारालाई हस्तान्तरण गरिएको छ।  

बास उपशाखाले गत असोज ४ गतेदेखि बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। बास कैलाली शाखा र धनगढी उपशाखाको संयुक्त अभियानबाट संकलन भएको रकम प्रदेश संयोजक पुजारालाई हस्तान्तरण गरिएको र सोही रकम केन्द्रिय समितिबाट एकमुष्ट रुपमा पीडितलाई हस्तान्तरण गरिने उपशाखा अध्यक्ष कैलाश साउदले जानकारी दिए। 

उनले प्राकृतिक विपत्तिबाट पीडित परिवारलाई राहत होस् भन्ने उद्देश्यले आर्थिक संकलन अभियान सञ्चालन गरिएको उनले बताए। यस्तै उपशाखा सह सचिव केशव बोहराले बाढीपहिरो पीडितका लागि नागरिकस्तरबाट संकलन भएको रकम हस्तान्तरण गर्न पाउँदा पीडितलाई थप सहज हुने बताए। 

उपशाखाले संकलन गरेको आर्थिक सहयोग बुझ्दै बास नेपालका प्रदेश संयोजक पुजाराले अछामका बाढी पीडितलाई आर्थिक सहयोग संकलन अभियान देशव्यापी रुपमा सञ्चालन गरेको र सबै ठाउँबाट संकलन भएको रकम एकमुष्ट रुपमा हस्तान्तरण गरिने बताए।

कमेन्ट लोड गर्नुस