सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

२०७९ असोज १३, ०४:१८ खबर संवाददाता

काठमाडौं: अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन्।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्। गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन्। तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन्।

पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

कमेन्ट लोड गर्नुस