सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनलाई थप एक अर्ब डलरको अत्याधुनिक हतियार दिँदै अमेरिका

२०७९ असोज १३, ०७:२० खबर संवाददाता

काठमाडौंः अमेरिकाले युक्रेनलाई थप एक अर्ब डलरको अत्याधुनिक हतियार दिने भएको छ । यसअघि अमेरिकाले युक्रेनलाई १५ अर्ब डलरको सैन्य सहायता दिइसकेको छ।

१.१ अर्ब डलर बराबरको नयाँ सैन्य सहायतामा अत्याधुनिक हतियारहरू हुनेछन्। यसमा रकेट लन्चर र ड्रोन स्ट्राइक हतियारहरू हुनेछन्। युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गराएर रुसमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइएपछि युक्रेनी भूभागलाई रुसको कब्जाबाट जोगाउन यो सहयोग दिन लागेको पेन्टागनलाई उद्धृत गर्दै अरब न्यूजले खबर लेखेको छ।

यसअघि अमेरिकी सेनाबाट सैन्य सहायता दिइँदै आएको भए पनि यसपटक संसदबाट अनुमोदन भएपछि हतियार उत्पादन गर्ने कम्पनीबाट सिधै खरिद गरिने बताइएको छ।

कमेन्ट लोड गर्नुस