सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ युवक समातिए

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असोज १२, ०१:०४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन्।

उनीहरुलाई मंगलबार साँझ बेलौरी नगरपालिका–६ वैशाखाबाट २ ग्राम १६ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले मे७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस