सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज राप्रपामा प्रवेश गर्दै रवीन्द्र मिश्र 

२०७९ असोज १२, ०८:३५ खबर संवाददाता

काठमाडौंः रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएका छन्। पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरिएको छ। 

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए।

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। तर उनी तेस्रो वरियतामा रहने बताइन्छ।

कमेन्ट लोड गर्नुस