सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको खप्तड छेडेदहमा रोजगार सहायकको परीक्षामा सबै फेल

२०७९ असोज ११, १०:३६ खबर संवाददाता

धनगढी: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रोजगार सहायकका लागि लिइएको परीक्षामा सबै फेल भएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सहायक पदमा लिइएको परीक्षामा सहभागी ११ जना नै फेल भएका हुन्।

सेवा सम्बन्धी परीक्षा र कम्प्युटर सम्बन्धी प्रयोगात्मक परीक्षाको मूल्यांकन गर्दा कोही पनि पास नभएका गाउँपालिकाले सूचनामार्फत जनाएको छ।

कमेन्ट लोड गर्नुस