सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत सरकारद्वारा इस्लामिक संगठन ‘पीएफआई’विरुद्ध ठुलो कारबाही सञ्चालन, १७० पक्राउ

२०७९ असोज ११, ०९:५३

एजेन्सी: भारतको नेसनल ईन्भेष्टिगेटिभ एजेन्सी (एनआईए) र ईडीले मंगलबार देशका कयौं स्थानका ‘पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई)’का कार्यालहरुमा छापा मारेको छ।

एनआईएले देशभरका आठ राज्यका विभिन्न सहरमा मारेको छापामा १७० व्यक्ति पक्राउ परेको भारतीय मिडियाले लेखेका छन्। एनआईएले दिल्लीको शाहीन बागमा छापा मारेर पीएफआईसँग आम्बद्ध ३० जनालाई पक्राउ गरेको छ।
यो कारबाहीपछि दिल्लीको शाहीन बागमा केन्द्रीय पुलिस बल तैनाथ गरिएको छ। छापा मार्ने टोलीले मोबाइल फोन र अन्य उपकरण लगायतका कागजपत्र समेत जफत गरेको बताइएको छ। 

त्यस्तै जामिया नगरमा धारा १४४ लगाइएको छ। अब त्यस भेगमा दुई महिनासम्म चार वा सोभन्दा बढी मानिसलाई सार्वजनिक स्थानमा भेला हुन पाउने छैनन्। दिल्लीबाहेक महाराष्ट्रबाट १५, कर्नाटकबाट ६ र असमबाट २५ जना पक्राउ परेका छन्। त्यसबाहेक केरला, गुजरात, उत्तर प्रदेश र मध्यप्रदेशबाट पनि कयौं व्यक्ति पक्राउ गरिएको छ ।

यस कारबाही एनआईएलाई राज्यका एन्टी टेरोरिजम स्क्वाड९एटीएस०ले सघाएका थिए। पछिल्लो छापा भारतीय सुरक्षा एजेन्सी पपुलर फ्रन्ड अफ इण्डिया९पीएफआई०विरुद्ध संचामलन गरेको दोस्रो चरणको भएको बताएको छ। पहिलो चरणको कारबाहीमा पक्राउ परेका पीएफआई सदस्यहरुसँग गरिएको सोधपुछका आधारमा दोस्रो चरणको कारबाही गरिएको बताइएको छ। 

पहिलो चरणमा सेप्टेम्बर २२ मा पनि एनआईएको नेतृत्वमा विभिन्न एजेन्सीहरुले १५ राज्यबाट पीएफआईका १०६ जना नेता तथा अभियन्तालाई पक्राउ गरेको थियो। उनीहरुमाथि देशभि आतंकवादी गतिविधिलाई सघाएको आरोप छ। पहिलो चरणमा पक्राउ परेको संगठनका सदस्यहरुले दिएको सूचनाका आधारमा आजको छापा मारिएको भारतीय मिडियाले बताएका छन्। 

एनआईए टोलीले मंगलबार बिहान दिल्लीको शाहीन बागमा छापाबाट छापा मार्न सुरु गरेको थियो। त्यहाँबाट पक्राउ परेका ३० मध्ये केहीको पीएफआईसँगको सम्बन्धताबारे बलियो जानकारी प्राप्त भएको र केहीलाई शंकाको आधारमा हिरासतमा राखिएको सुरक्षा निकायले बताएको छ। कारबाहीका क्रममा सम्पूर्ण शाहीन बागमा केन्द्रीय सुरक्षा बल सीआरपीएफ तैनाथ गरिएको छ।

शाहीन बागमा नै नागरिकता संशोधन कानुनविरुद्ध महिनौं प्रदर्शन भएको थियो। उत्तर प्रदेश एटीएसले मंगलबार बिहान गाजियाबाद, मेरठ र बुलन्दशहरमा छापा मारेर १६ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। त्यसबाहेक गाजियाबादबाट १२, मेरठबाट ३ र बुलन्दशहरबाट १ जना संदिग्धलाई पक्राउ गरिएको छ। 

एटीएसले ती सबै पीएफआई अर्थात पपुलर फ्रन्ट अफ इन्डियासँग आबद्ध रहेको जानकारी दिएको छ। एटीएसले सोमबार–मंगलबार मध्यरातमा यो कारबाही गरेको हो। एटीएसले बुलन्दशहरमा पीएफआईसँग सम्बन्धित वकिललाई पनि पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस