सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा गठबन्धन आवश्यक नरहेको कांग्रेसका पालिका सभापतिहरुको निष्कर्ष

२०७९ असोज ११, ०९:३० खबर संवाददाता

धनगढी: नेपाली कांग्रेस, डोटीका नौवटै पालिका कमिटी सभापतिहरुले आसन्न निर्वाचनका लागि गठबन्धन आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। मंगलबार बसेको पालिका सभापतिहरुको बैठकले गठबन्धन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।

स्थानीय तहमा एक्लै चुनाव लडेर ठुलो सफलता प्राप्त गरेको भन्दै बैठकले डोटी कांग्रेसको मर्म विपरीत केन्द्रीय कमिटीले चुनावी तालमेल गरे चुनाव प्रचारप्रसार र मतदानमा सहभागी नहुने जनाएको छ। शीर्ष तहमा भइरहेको छलफलमा डोटीको प्रतिनिधि सभा सदस्यको सिट एकीकृत समाजवादीको भागमा पर्ने सहमति जुटेको छ।

डोटीबाट प्रतिनिसिभाका लागि सशक्त दाबेदार मानिएका कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र–४ बाट चुनाव लड्ने संकेत गरेका थिए। त्यसप्रति आक्रोशित स्थानीय नेताहरुले पालिका सभापतिहरुको बैठक बोलाएर नेतृत्वलाई खबरदारी गरेका हुन्।

चुनावी गठबन्धनविरुद्ध केन्द्रीय कमिटीलाई दबाव दिन नौवटै पालिकाका सभापतिहरु एकमत रहेको केआईसिंह गाउँपालिका कमिटीका सभापति अर्जुन बलायरले बताए। 

कमेन्ट लोड गर्नुस