सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा योजना बिना सडक, डेढ लाख भन्दा बढी रुख काटीदै

फोटा : बडिमालिका नगरपालिका डोजर मार्फत सडक काटदै डोजर/ प्रकाश सिंह
फोटा : बडिमालिका नगरपालिका डोजर मार्फत सडक काटदै डोजर/ प्रकाश सिंह
२०७५ फाल्गुन २६, ०६:४० प्रकाश सिंह

बाजुरा–बाजुरा जिल्लामा स्थानिय तहले निर्माण गर्दै आएका सडकहरु योजना विना सञ्चालनमा हुदै आएका छन्। बातावरणीय प्रभाब मुल्याङ्कन विना नै सडक निर्माण भईरहेका हुन्।  उपभोक्ता समिति होस वा ठेक्का मार्फत होस कुनै पनि योजना नबनाएर सडक निर्माण भइरहेका नागरिक समाजका अगुवा जनेश भण्डारीले वताउनुभयो। प्राबिधिकले सहि स्टमेट नै नगरेर डोजर प्रयोग भइरहेकाले प्राकृतिक प्रकोपको खतरा बढेको छ। बाजुराका नौ वटै स्थानिय तहमा निर्माण हुन लागेका सडकहरु योजना बिना निर्माण हुन लागेका हुन्। सो क्रममा झण्डै डेढ लाख रुख फडानी गर्नुपर्ने देखिएपनि बातावरणीय प्रभाव मुल्याङक, डिजायन स्टमेट विना सडक निर्माण भईरहेको हो। 
बुढिन्नदा नगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने बछौन देखी घोडाकोट सम्मको सड्क पनि योजना बिना निर्माण हुन लागेको उपप्रमुख सृष्टि रेग्मिले स्वीकार गरिन्।  वातारवरणीय प्रभाब मुल्याङ्कन गरेर मात्र ठेक्का गर्नुपर्ने भएपनि अध्ययन बिना नै काम शुरु गर्न लागिएको उनले स्वीकार गरिन्। 
वडा नम्बर ४ का अध्यक्ष राजन रोकायाले भने बछौन देखी घोडाकोट सम्म डेढ देखी २ लाख सम्म बिरुवा फडानी हुने वताए। सडक खण्डको करिब ८ किलोमिटर खण्डमा पुरै जंगल मात्र पर्ने गरेको उनले वताए। स्थानिय, सामुदायिक उपभोक्ता समिति, समुह र आफुहरुको सहमति बेगर नै सडक निर्माण हुन लागेको रोकायाले वताए। कनका सुन्दरी सामुदायिक बन उपभोक्ता समितिले बन फडानी हुने भन्दै तत्काल सडक निर्माण रोकका लागि इलाका बन कार्यलयमा निबेदन समेत दिएको छ। समितिका सचिब जंग बोहाराले भने धेरै बिरुवा फडानी हुने भएकाले तत्काल सड्क रोक्न माग गरेको वताए।
बुढिन्नदा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले प्रारम्भिक बाताबरण मुल्याङ्कन भइरहेको वताए। योजना सम्झौता भइसकेको छ, रिपोट नआउदा सम्म काम रोक्ने वताए। यो आर्थिक बर्षमा ८० लाख रुपैया रकम बिनियोजन भएको छ। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस