सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस प्रवक्ता भन्छन्ः शेखर समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको छौं

२०७९ असोज ११, ०३:५५ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले डा शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन्। मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरे। कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए।

उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ। त्यहाँ कतिपय त्रुटिहरु छन्। तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन। यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन।’

शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताएका छन्। उनले भने, ‘यो पार्टी अनुशासनको कुरा होइन।’

कमेन्ट लोड गर्नुस