सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफूलाई बलात्कार गर्ने कांग्रेस नेतालाई कोठामा थुनेर एयर होस्टेसले प्रहरी बोलाएपछि...

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ११, ०१:०९ खबर संवाददाता

एजेन्सीः आइतबार भारतको राजधानी दिल्लीको महरौली क्षेत्रमा बलात्कारको आरोपीलाई पीडित युवतीले घरमा थुनेर राखिन्। त्यसपछि पीडितले ११२ डायलमा फोन गरेर उनलाई पक्राउ गराइन्। दक्षिण दिल्लीको प्रहरीको अनुसार महरौली पीसीआरमा एक महिलाले ११२ मा फोन गरिन्। ति महिला एयर होस्टेस थिइन्। प्रहरी घटनास्थल पुगेपछि डेढ महिनादेखि चिनजानका हरजित यादव नामका व्यक्तिले मदिरा सेवन गरी बलात्कार गरेको महिलाले बताएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ।

कोठामा थुनिएका हरिजितलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। हरिजित खानपुरका हुन् र कांग्रेस पार्टीका ब्लक प्रमुख हुन्। यस घटनामा महिलाको बयानका आधारमा प्रहरीले बलात्कार, शरीरमा जानाजानी क्षति पु¥याएको आरोपमा एफआइआर दर्ता गरेको छ।

अभियुक्तलाई हिरासतमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्त र पीडितबीच कसरी मित्रता भयो भनेर पनि अनुसन्धान गरिरहेको छ। दुवैको सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट जोडिएर अनुसन्धान भइरहेको छ। यसका साथै अभियुक्तको अन्य सम्पर्कको पनि खोजी भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस