सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋचा शर्माले चुमिन् मानार्थ ‘मिसेस नेपाल पिस’को उपाधि

२०७९ असोज ११, १२:४३ खबर संवाददाता

काठमाडौंः ‘मिसेस नेपाल पिस(२०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन्। २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन्।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फस्ट रनरअप रीमा खड्का, सेकेन्ड रनरअप सुविना शाक्य, थर्ड रनरअप सीमा सर्राफ र फोर्थ रनर अप रेश्मा पुरी घोषित भए। अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाइ सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक थिए।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्यूनीकरणमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक एमी इन्टरटेनमेन्टका एमी रौनियारले बताए। प्रतियोगितामा उमेर, विवाहित, डिभोर्सी, तौल र उचाइको कुनै पनि मापदण्ड राखिएको थिएन।

कमेन्ट लोड गर्नुस