सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध भारतीय माछा आयात तत्काल रोक्न मत्स्य व्यवसायी संघको माग

२०७९ असोज ११, ११:५० खबर संवाददाता

काठमाडौँ: नेपाल मत्स्य व्यवसायी संघले तत्काल भन्सार छलेर ल्याइएका माछालाई नियन्त्रण गर्न माग गरेको छ। संघले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर तत्काल भन्सार छलेर ल्याइएका माछा रोक्न सरकारसँग माग गरेको छ। 

भारतबाट दैनिक ३० देखि ४० टन माछा भित्रिरहेकोमा १ टन माछाको मात्र भन्सार राजस्व दाखिला भएको संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए। नेपालमा वार्षिक १२ अर्ब रुपैयाँको माछा खपत भइरहेको छ भने नेपाली उत्पादन झन्डै ९ अर्ब ७६ करोड बराबरको छ।

 

कमेन्ट लोड गर्नुस