सुदूर नेपाललाई विश्वसँग जोड्दै

डलरको भाउ हालसम्मकै उच्च

२०७९ असोज ११, १०:५९ खबर संवाददाता

काठमाडौँ: अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ३० पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो। डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ।

यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ।

कमेन्ट लोड गर्नुस