सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टरको ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

२०७९ असोज ११, ०७:०० खबर संवाददाता

लखनउ: भारतको लखनउ इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्याक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ। 

उक्त ट्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ। 

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार 'ट्याक्टरको ट्रली असन्तुलन भएर इटौन्जा'को पोखरीमा पल्टिएको थियो। 

कमेन्ट लोड गर्नुस