सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

२०७९ असोज ११, ०६:१२ खबर संवाददाता

कञ्चनपुर: दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाको गड्डाचौकी नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको हो।

पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले बताए।  उनले दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न  जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको बताए।

“गड्डाचौकी नाकादेखि खक्रौला नाकासम्मको ४२ किलोमिटर राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेका छौं”, उनले भने, “यात्रुहरूको सहजताका लागि बस व्यवसायीहरूसँग समन्वय गरेर यातायात सेवामा सहजीकरण गरिराखेका छौँ।” यो समयमा घर फर्किने र अन्य कामका लागि आवतजावत गर्नेहरुको बाक्लो भीड हुने भएकाले प्रहरीको गस्ती बढाइएको छ।

विष्फोटक पदार्थ, लागूऔषध, हतियारजन्य वस्तुलगायत भित्रिन नपाओस भनेर सोमबारदेखि नाकामा कुकुरसमेत राखेर चेकजाँच सुरु गरिन लागेको हो  केही दिनयता गड्डाचौकी नाका भएर घर फर्किनेहरूको भीड लाग्न थालेको छ। 
 

कमेन्ट लोड गर्नुस