सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु

२०७९ असोज १०, ०९:२१

एजेन्सी: मध्य रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन्। इज्हेभ्स्क सहरमा रहेको स्कुलमा भएको सो गोलीकाण्डमा मारिनेमा ७ जना विद्यार्थीहरू रहेका छन्।

घटनामा आक्रमणकारीले आफैलाई गोली हानेको बताइएको छ। हालसम्म घटनाको कारण खुल्न सकेको छ। उद्धारकर्ताहरू घटनास्थलमा पुगिसकेका छन्। रुसी मिडियाले स्कुलको भवनभित्रको भिडियो सार्वजनिक गरेका छन् जहाँ विद्यार्थीहरू आत्तिएको देख्न सकिन्छ। केही भिडियोमा कक्षाकोठाको भुइँमा रगत र सिसामा गोलीको दुलो लगायत देख्न सकिन्छ।

मारिने अन्यमा दुई जना शिक्षक र दुईजना सेक्युरिटी गार्डसमेत रहेको रुसी अधिकारीहरूले जानकारी दिएका छन्। विद्यालय भवनलाई अहिले खाली गरिएको छ। स्थानीय अधिकारीले आक्रमणकारीले दुईवटा पिस्तोल बोकेर आएको बताएका छन्। एक भिडियोमा सम्भावित आक्रमणकारी नाजीको सङ्केत भएको टिसर्ट लगाएर भुइँमा मृत देख्न सकिन्छ।

कमेन्ट लोड गर्नुस