सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक किशोरको मृत्यु, साइकलसहित खसेका थिए खोलामा

२०७९ असोज १०, ०७:१० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक किशोरको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ का राजबहादुर बोहराका छोरा अन्दाजी १५ वर्षीय तेज बहादुर बोहराको मृत्यु भएको हो।

सडकबाट साइकलसँगै खोलामा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खसेको बताइएको छ। 

अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबुडाको टोलीले शव उठाउन मुचुल्का बनाइरहेको छ।

कमेन्ट लोड गर्नुस