सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादी अछामका अध्यक्ष एमालेमा लागे 

२०७९ असोज १०, ०५:५९ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईसहितको टिम एमालेमा समाहित भएको हो।

भट्टराईसहितको टिमलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। एमाले नेता भीम रावल गृहजिल्लामा व्यस्त रहेका बेला भट्टराई काठमाडौंबाट प्रवेश गरेका हुन्।

भट्टराई भीम रावलकै निर्वाचन क्षेत्र साँफेबगर नगरपालिकाका बासिन्दा हुन्। सोही क्षेत्रका नेकपा एसका नेता शेरवहादुर कुँवर संघीय सरकारको श्रममन्त्री छन्। उनी पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।

कमेन्ट लोड गर्नुस