सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बा’को नामबाट केही जग्गा पाएपछि मैले सानो घर बनाएँः प्रचण्ड

२०७९ असोज १०, ०५:५२ खबर संवाददाता

चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन्। झण्डै ४० वर्षपछि पुर्ख्यौली थलोमा पुगेको भन्दै उनले भने, ‘म ४० वर्षपछि यहाँहरुको काखमा आएको छु, तपाईंहरूले सुख दुःखमा साथ दिनेछु शिवनगरको १४ नम्बर वडाबाट बसाईंसराई गरी भरतपुर र त्यहाँबाट बसाईं सरी काठमाडौं, त्यहाँबाट रोल्पाररुकुम हुँदै शान्ति प्रक्रियामा आएँ।’

उनले ‘बा’बितेपछि ‘बा’को नाममा भएको जग्गा प्राप्त गरेपछि त्यहीँ आफूले सानो घर बनाएको बताए। चितवनमा धेरै विकासका योजनाहरु आएकोमा खुशी व्यक्त गर्दै अझै अर्बौंका मात्रै नभएर खर्बौंका विकास योजनाहरु ल्याएर त्यसले विकासको गति लेओस् भन्ने सपना रहेको उल्लेख गरे।

कमेन्ट लोड गर्नुस