सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सिल प्याक पानीको बोतलभित्र लेउ भेटिएपछि...[भिडिओ]

२०७९ असोज १०, ०५:४० खबर संवाददाता

धनगढीः डडेल्धुरामा प्रशोधित पानीको सिल प्याक बोतलभित्र लेउ जमेको भेटिएको छ। सोमबार डडेल्धुराको सदरमुकाम बागबजारस्थित एक पसलमा पानीको सिल प्याक बोतलभित्र लेउ जमेको पाइएको हो। 

ती पसलेका अनुसार उग्रतारा ब्राण्डको पानीको बोतलमा लेउ जमेको भेटिएको हो। सिल नै नखोलिएको बोतलभित्र लेउ भेटिएको उनले बताए। 

यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराले भने सो पानी पुरानो भएको हुनसक्ने जनाएको छ। साउन महिनातिर नै पानीको बोतलभित्र लेउ भेटिएको जानकारी आएको र सम्बन्धित पानीको उत्पादक कम्पनीलाई कारबाही पनि गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले बताए।

उनले भने, ‘हामीले त्यो कम्पनीलाई बजारमा गएको त्यस्तो पानी फिर्ता लगेर नष्ट गर्न भनेका थियौं। बजारमा बिक्री गरिएको दूषित पानी नष्ट नगरिएको होला, हामी थप यसबारे बुझ्छौ।’ 

उता, उक्त पानी उत्पादन गर्ने कम्पनी मित्र बाटर एण्ड वेभरेज उद्योगका मालिक राजु ऐरले पनि तत्कालीन समयमा पानीको बोतलभित्र लेउ रहेको कुरा सत्य भएको बताएका छन्। त्यसबेला करिब ३०० कार्टुन पानी बजारमा पठाइएकोमा अधिकांशमा लेउ भेटिएको उनले बताए।

लेउ भेटिएको पानी बजारबाट आफूले फिर्ता लिएर नष्ट गरेको उनले दाबी गरे। तर, उनको दाबीविपरीत डडेल्धुरा अहिले पनि दूषित पानी फेला परिरहेको छ। पानी उत्पादन गर्ने कम्पनीले भने मेसिन बिग्रेका कारण उक्त समस्या आएको जनाएको छ।


 

कमेन्ट लोड गर्नुस