सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चाडपर्व लक्षित सुरक्षा योजना लागू

२०७९ असोज १०, ०५:३४ खबर संवाददाता

धनगढी: डडेल्धुरामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको छ। चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा योजना लागु गरिएको हो।

दसैँ, तिहार र छठ पर्वको अवसरमा जिल्ला सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना बनाई लागु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। चाडपर्वमा कुनै अप्रिय घटना नघटुन् भन्ने उद्देश्यका साथ तीन ओटै सुरक्षा निकायको समन्वयमा एकीकृत रुपमा सुरक्षा योजना बनाएर लागु गरिएको उनले बताए।

चाडपर्वमा हुनसक्ने अपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्ला सदरमुकाम बागबजारको बसपार्क, स्याउले र भित्रिमधेशस्थित जोगबुडाको लालढुङ्गमा नागरिक सहायता कक्षा स्थापना पनि गरिएको बताइएको छ। चाडपर्व सुरु भएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

कमेन्ट लोड गर्नुस