सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

२०७९ असोज १०, ०१:०१ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ। सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो। मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ।

कमेन्ट लोड गर्नुस