सुदूर नेपाललाई विश्वसँग जोड्दै

म प्रधानमन्त्री बन्ने रेसमा छैनः प्रचण्ड

२०७९ असोज १०, १२:०६ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन्। प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताए।  

‘मंसिर ४ गतेको चुनावपछि मलाई हुन त साथीहरुले फेरि प्रधानमन्त्रीको रेसमा भन्न खोज्नुभएको छ। प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि होइन। लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा मेरो पहिलो प्राथमिकता हो। मेरो पहिलो प्राथमिकता संविधान कार्यन्वयन हो’ प्रचण्डले भने, ‘मैले चाहेको भए २०७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो। मैले होइन भन्दिए। त्यसपछि पनि थियो। अहिले चुनावपछि पनि छ। तर प्रधानमन्त्रीको रेसमा छैन।’ राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढ आर्थिक विकास र समृद्धिमा आफूलाई समर्पित गर्ने प्रचण्डले बताए।

कमेन्ट लोड गर्नुस