सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको यस्तो पालिका, जहाँ नेतागिरी गर्ने शिक्षकलाई कारबाही गरिन्छ

२०७९ असोज ९, ०८:३३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले राजनीतिमा संलग्न शिक्षकहरुलाई कारबाही गर्ने भएको छ। नगरपालिकामा कार्यरत शिक्षक/कर्मचारी राजनीतिक दलको सदस्य भएर काम गरेको पाईए नगरपालिकाले कारबाही गर्ने भएको हो।

नगरपाालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले नगरपालिकाको १३१ औँ कार्यपालिका बैठकले विद्यालयलाई राजनीतिबाट मुक्त गर्नका लागि सो निर्णय गरेको बताए। सामाजिक सञ्जालमा शिक्षक/कर्मचारीले कुनै पनि विषयमा नकारात्मक टिकाटिप्पणी वा स्टेटस सार्वजनिक गरे प्रचलित कानुनअनुसार कारबाही गरिने बताइएको छ।

त्यस्तै, राजनीतिक दल तथा भातृ संगठनमा संलग्न भएर कार्य गर्दै आएका शिक्षक/कर्मचारीलाई तत्काल सदस्यता त्याग्नका लागि निर्देशन दिइएको पनि बताइएको छ। 

कमेन्ट लोड गर्नुस