सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजुको ‘विकल्प हुँ’ भन्ने भण्डारीलाई चिन्दैन कैलाली काँग्रेस !

२०७९ असोज ९, ०६:१८ खबर संवाददाता

धनगढीः कैलाली–५ मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काँग्रेसको भागमा परेको छ। गठबन्धनले सिट बाँडफाँट गर्दा कैलाली–५ काँग्रेसको भागमा परेको हो। 

केही अगाडिसम्म धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको चर्चा भएपनि उनी डडेल्धुराबाट समानुपातिकको सूचीमा परेकी छिन्। त्यसपछि कैलाली–५ मा नयाँ उम्मेदवारको खोजी भइरहेको छ। अहिलेसम्म काँग्रेसबाट प्रदेश सभा सदस्य डिल्लीराज पन्तको सम्भावना बलियो देखिएको छ। यद्यपी आधिकारिक निर्णय हुन भने बाँकी छ। 

तर, यता कैलाली–५ कै लागि नेपाली काँग्रेसका नेता क्षितिज भण्डारीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै उनले भनेका थिए, ‘पार्टीका अन्य नेताहरु नेतृत्वसँग टिकट माग्न काठमाडौं धाउन लागेका छन्। म भने आम जनताको घरदैलोमा छु।’ उनले आफूलाई आरजुको विकल्प दाबीसमेत गर्दै आएका छन्। 

उता, काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले भने भण्डारीको उम्मेदवारीलाई बेवास्ता गरेका छन्। काँग्रेसबाट कैलाली–५ का लागि क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेको विषय पार्टीलाई जानकारी छैन ? भन्ने दिनेशखबरको प्रश्नमा सभापति भट्टले भने, ‘अरु मान्छेको नाम लिएर नसोध्नुस् मलाई। म चिन्दैन तिनिहरुलाई। मेरो आग्रह के हो भने पसल खाेल्न त पाइयो। तर, चुनावै लड्ने कुरा चाहि त्यति सहज जस्तो लाग्दैन।’
 

कमेन्ट लोड गर्नुस