सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका तोयनाथ भट्टको ‘लाई पिर्ता अधुरी रैगै’ सार्वजनिक

२०७९ असोज ९, ११:३० खबर संवाददाता

धनगढीः धनगढीका तोयनाथ भट्टको ‘लाई पिर्ता अधुरी रैगै’ देउडा गीत सार्वजनिक भएको छ। डोटी घर भएर धनगढीमा बस्दै आएका भट्टले स्वार दिएको देउडा गीत सार्वजनिक भएको हो। जसमा गुराँस ठकुरीले पनि स्वर दिएकी छिन्। 

भट्टकै लए रहेको गीतका शब्दहरु साहित्यकार निर्मल भण्डारी र कान्ति अवस्थीले सिर्जना गरेका हुन्। गीत मिक्सिङ भने शेरबहादुर बोहराले गरेका हुन्। देउडा गीतमा लए र स्वार दिने भट्ट पेशाले शिक्षकसमेत हुन् भने, उनी कविका रुपमासमेत परिचित छन्। ‘लाई पिर्ता अधुरी रैगै’ बोलको गीतमा महिला स्वर दिने ठकुरीले गजलकारको रुपमासमेत परिचय बनाएकी छिन्।


 

कमेन्ट लोड गर्नुस