सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाली गरेको रिसमा विद्यार्थीले चलाए प्रिन्सिपलमाथि गोली

२०७९ असोज ९, ०८:०५

एजेन्सी: भारतको लखनउमा गाली गरेको रिसमा कक्षा १२ का एक विद्यार्थीले कलेजका प्रिन्सिपलमाथि गोली प्रहार गरेका छन्। लखनाउको सीतापुरमा रहेको आदर्श इन्टर कलेजमा उक्त घटना भएको सदरपूर प्रहरी चौकीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

प्रिन्सिपल रामसिंह बर्मालाई शनिवार गोली प्रहार भएको हो। गोली प्रहार गर्ने विद्यार्थीको नाम खुलाइएको छैन। गोली लागेर घाइते भएका प्रिन्सिपललाई अस्पताल लगिएको छ। 

ती विद्यार्थीले शुक्रवार आफ्ना केही साथी लगेर अर्को समूहसँग झगडा गरेका थिए। झगडामा उत्रिएका दुबै समूहका नाइकेलाई प्रिन्सिपलले आफ्नो कार्यकक्षमा बोलाएर गाली गरेका थिए। त्यसको बदलामा ती विद्यार्थीले प्रिन्सिपल बर्मामाथि गोली प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
 

कमेन्ट लोड गर्नुस